विद्यालय सेवाक्षेत्रको समुदायसँग सम्बन्धीत विवरण
i) सामाजिक स्थिती
विद्यालय रहेको पु.न.पा. वडा नं.–८, कंकड शुद्ध रुपमा रानाथारु बसोवास भएको आदिवासीको गाउँ हो । यहाँका मानिसहरुले रानाथारु भाषा बोल्छन् र यिनीहरुको आफ्नै मौलिक संस्कृति छ । यहाँको अधिकांश मानिसहरु निरक्षर छन् । यसमा पनि महिला साक्षरता दर प्राय नगन्य मात्रामा छ भन्दा फरक नपर्ला । यिनीहरुको खानपान, भेषभुषामा कुनै किसिमको आधुनिक आएको छैन । यो किन पनि भएको भने यहाँ बासिन्दाहरुमा शिक्षाको कमि अन्य जातीसँगको यहाँको सर्वसाधारण जनताहरु सम्पर्कको कमिको कारणले गर्दा अन्य जाती तथा जनजातीका संस्कृति तथा सभ्यताको प्रभाव नपरेको हो । यस गाउँका बासिन्दाहरुमा अझै पनि बालबालिका विद्यालय पठाउन पर्छ र शिक्षा मानव जीवनको लागी अनिवार्य सर्त हो । भन्ने चेतना विस्तारै पलाउदै आएको छ । तसर्थ विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले यस गाउँमा वातावरणीय सरसफाई, स्वास्थ्य पिउनेपानी र शिक्षा जस्ता आधारभूत कुराहरुमा जनचेतना जगाउने खालका कार्यक्रम संचालन गर्न गराउन आवश्यक देखिन्छ ।
ii) भौगोलिक अवस्था
यो विद्यालय नेपाल राज्यको सुदूपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको दक्षिण्ी क्षेत्रमा अवस्थित पु.न.पा.वडा नं.८, कंकड को पूर्व उत्तरमा अवस्थित छ । यो विद्यालयको सेवाक्षेत्र कंकड र ‘क’ गाउँ’ को कंकड तिर बसोबास गर्ने सुकुम्बासी क्षेत्र हो । यस क्षेत्रमा कृषि उत्पादन खासै हुदैन । कंकडमा वर्षेबाली धान मात्र हुन्छ । कतैकतै मसुर सम्म हुन्छ । हिउँदमा पनि यो क्षेत्र जलमग्न हुने भएकोले हिउँदेबाली गहँुबाली गहँुको उत्पादन हुदैन । तसर्थ कृषि उत्पादन को दृष्टिकोणले उहाँको भौगोलिक अवस्था प्रतिकुल छ । भौगोलिक प्रतिकुलताको यो असर विद्यालयको विकासमा पनि परेको छ । किनकि वर्षको १ (एक) बाली मात्र भित्र्याउने यस क्षेत्रका किसान, मजदुरहरुको विद्यालय विकासको लागी चन्दा, सहयोग तथा दान गर्न सक्ने अवस्था छैन् । यसको लागी नेपाल सरकार स्थानीय निकाय तथा विभिन्न संघसंस्था आदिको सहयोग सद्भावको टड्कारो आवश्यकता छ ।
अन्य सुविधाहरु
यो विद्यालय पु.न.पा.को सबभन्दा पिछिडिएको आदिबासी थारु बस्तीमा छ । यस गाउँबाट स्वास्थ्य उपचौकी ५ कि.मी र स्वास्थ्य चौकी ४ कि.मी. टाढा छ । पु.न.पा वडा कार्यालय भवन २ कि.मी र माध्यमिक विद्यालय २ कि.मी र बजार ५ कि.मि टाढा छ । यस गाउँमा विद्युत, इन्टरनेट सेवा पुगिसकेको छ । गाउँको खोलामा सानो पक्की पुल बनेको छ । गाउँमा बाटो ग्राभेलिङ भएको छ । वर्षायममा यो गाउँमा जलमग्न हन्छ । भारतको शारदा बाँध फुट्यो भने यो गाउँको भविष्य अन्धकार जस्तो देखिन्छ । तसर्थ यस गाउँका वासिन्दालाई गाउँको उत्तरपूर्वतर्फ रहेको जमीनमा बसोवास गराए, यिनीहरुको जीवन सुरक्षित हुने देखिन्छ ।
iii) स्थानीय संघ संस्था तथा विद्यालय विकासको भूमिका
यस विद्यालयको वि.सं.२०६४ सालमा चार कोठे भवन निर्माण गर्दा स्थानिय परासन गा.वि.स बाट रु.८०,०००।– आर्थिक सहयोग प्राप्त भएको थियो । त्यसैगरी उक्त भवन निर्माण गर्न गैरसरकारी संस्था (RRN) को ठूलो योगदान रहेको छ । उक्त संस्थाले यस विद्यालयको भवन निर्माणर्थ ३,३५,१३२/१० आर्थिक सहयोग गरेको थियो । त्यसैगरी जन जागरण सामुदायिक वनले भवन निर्माणर्थ केही काठ उपलब्ध गराएको थियो । परासन गा.वि.स को कार्यालयबाट आर्थिक वर्ष २०६५/०६६ सालमा २ कोठे शौचालय निर्माण कार्यको लागि सहयोग प्राप्त भएको थियो । वि.सं.२०६८ सालमा जिल्ला शिक्षा कार्यालयबाट २ कोठे भवन निर्माण कार्यको लागि सहयोग प्राप्त भएको थियो । सोहि वर्ष गैरसरकारी संस्था निड्स संस्था बाट २ कोठे शौचालय र खानेपानी नल पनि प्राप्त भएको थियो । वि.सं.२०७० सालमा पनि जिल्ला शिक्षा कार्यालयबाट २ कोठे पक्की ब्लक निर्माण सहयोग प्राप्त भएको थियो । यसै गरी वि.सं.२०७४ सालमा २ कोठे शौचालय थप गरि चारओटै कोठामा ढलान तथा पलम्बिङ (Plumbing) मोटर जडान कार्यको लागि गैरसरकारी संस्था सेबक नेपालबाट सहयोग प्राप्त भएको थियो । सोहि वर्ष श्री पुनर्वास नगरपालिकाको कार्यालयबाट विद्यलयको हातावरिपरी काँडेतार घेराबारका लागि रु.२,५०,०००।– सहयोग प्राप्त भएको थियो । यसै गरी २०७५ सालमा श्री पुनर्वास नगरपालिकाको कार्यालयबाट गेट तथा फर्निचर निर्माणका लागि रु.२,५०,०००।– प्राप्त भएको थियो । आर्थिक वर्ष २०७५/०७६ सालमा गैरसरकारी संस्था विल्डअन (BuildOn) नेपाल धनगडी कैलालीको सहयोगमा ३ कोठे भवन, २ कोठे शौचालय, २० थान फर्निचर, कार्पेट (४५ मिटर), ६ थान (Rounding Table)१ थान टेबल, १ थान कुर्चि, ५० कुसन गरि सहयोग प्राप्त भएको थियो । सोहि भवन निर्माणका लागि श्री पुनर्वास नगरपालिकाको कार्यालयबाट रु.४,००,०००।– प्राप्त भएको थियो । यसै गरि आ.व.२०७८/०७९ मा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश, सामाजिक विकास कार्यालय, कञ्चनपुुरबाट यस विद्यालयलाई सूचना प्रविधि (ICT) सहित भौतिक संरचना सुधार कार्यक्रमको लागि रु.१०,००,०००।– प्राप्त भएको थियो । जुन रकमबाट विद्यालयको २ कोठे भवनलाई (ICT Computer Lab) निर्माण गरि विद्यालयमा ५ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रोजेक्टर, १ थान इन्भेटर, २ थान ब्यट्री, २ थान ठुलो टेबल, ५ थान कम्प्युटर टेबल, ५ थान कुर्चि, कारपेट, झ्यालमा परदा, वाइरिङ्, २ थान टेबल फ्यान, १ थान साउन्ड सिस्टम, २ कोठामा रङरोगन आदि कार्य गरिएको थियो । यसै गरि आ.व.२०८०/०८१ मा सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश, सामाजिक विकास कार्यालय, कञ्चनपुुरबाट यस विद्यालयलाई २ कोठे भवन निर्माण गर्नका लागि रु.२०,००,०००।– प्राप्त भएको थियो । सो रकमबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न गरिसेको छ ।
iv) समुदायले विद्यालयलाई सहयोग
यस विद्यालयको स्थापना सञ्चालन र विकासको लागि समुदायको महत्वपूर्ण देन र भूमिका रहेको छ । साथै रहने छ, भन्ने आशा गरिन्छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणमा गाउँबासीहरुले प्रत्येक घरधुरीबाट धान उठाएर विद्यालय सञ्चालन खर्च व्यहोरीएको थियो र मिति २०६४ सालमा विद्यालय भवन निर्माण गर्दा गाउँबासीहरुले भवनको जग खन्ने, इटाको ढुवानी र बालुवा निःशुल्क ल्याइदिएको थिए । त्यसै गरि आर्थिक वर्ष २०७५/०७६ सालमा गैरसरकारी संस्था विल्डअन (BuildOn) नेपाल धनगडी, कैलालीको सहयोगमा ३ कोठे भवन, २ कोठे शौचालय निर्माण गर्नका लागि सम्पूर्ण गाउँबासीहरुले पलैपालो ५/५ जनाका दरले करिब १/२ अथवा २ महिना सम्म श्रमदान गरेको थियो । विद्यालयको वरिपरि समुदाय वन नजिकै भएको हुनाले साथै विद्यालय हाता वरिपरि झाडि वुट्यान फडानी गर्नका लागि प्रत्येक वर्ष साउनको महिनामा निशुल्क श्रमदान गरेको छ । साथै विद्यालयको आवश्यकता अनुसार विद्यालयको हरेक काममा गाउँबासीले श्रमदान गर्दाै आइरहेको छ । यस अर्थमा समुदायको सहयोग विना यो विद्यालय न स्थापना हुन्थ्यो न त यसको अग्रगामी विकास नै सम्भव छ । यसर्थ समुदाय र विद्यालयको सम्बन्ध सुमधुर छ र समुदायको सहयोेगमा विद्यालयको भविष्य निर्भर गर्दछ ।
